काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमनसम्बन्धी नयाँ विधेयक तर्जुमाको चरणमा रहेको बताएका छन्।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा ‘अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले अध्यागमन प्रशासनलाई थप व्यवस्थित बनाउन सरकार सुधारका प्रयासमा रहेको जानकारी दिए।
उनका अनुसार अध्यागमन सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउन कर्मचारीलाई तालिम दिइएको छ। साथै, नयाँ विधेयकको मस्यौदामा समितिको प्रतिवेदनले औँल्याएका विषयहरू समावेश गरिनेछ।
मन्त्री अर्यालले नेपाल प्रवेश गर्ने विदेशी नागरिकको दायित्व, सुपरिवेक्षण लगायतका विषय पनि नयाँ विधेयकमा उल्लेख गरिने बताए।
बैठकले अध्यागमन ऐन र सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन स्वीकृत गर्दै त्यसमा समावेश सुझाव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ।







प्रतिक्रिया