चितवन–२ मा रवि लामिछाने र कांग्रेस उम्मेदवार मीना खरेलबीच जम्काभेट, स्वस्थ प्रतिस्पर्धाको शुभकामना आदान–प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेको नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलसँग जम्काभेट भएको छ।

बिहीबार चितवन पुगेका लामिछाने शुक्रबार चुनावी प्रचारप्रसारका क्रममा खरेलसँग भेटिएका हुन्।

भेटका क्रममा लामिछानेले खरेललाई शुभकामना दिँदै स्वस्थ प्रतिस्पर्धा हुने विश्वास व्यक्त गरे। ‘यहाँलाई शुभकामना छ । यहाँ स्वस्थ प्रतिस्पर्धा हुन्छ । मैले फोन गरेर पनि तपाईंलाई भनेको छु,’ उनले खरेललाई भने।

खरेलसँगै हिँडेका कांग्रेस नेताहरूले पनि आफूहरू स्वस्थ प्रतिस्पर्धाको पक्षमा रहेको बताउँदै लामिछानेलाई शुभकामना दिएका थिए।

लामिछाने यसअघि दुईपटक यही क्षेत्रबाट निर्वाचित भइसकेका छन् र यसपटक फेरि रास्वपाबाट उम्मेदवार बनेका हुन्। कांग्रेसले समाजसेवी खरेललाई उम्मेदवार बनाएको हो।