धनुषामा सडक छेउमा युवतीको शव फेला, हत्या भएको आशंका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा सडक छेउमा फालिएको अवस्थामा अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको छ।

युवतीको टाउकोमा चोट देखिएकाले हत्या गरेर शव फालिएको हुनसक्ने आशंका गरिएको धनुषाका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए।

आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार घटना हिजो राति नै भएको हुनसक्ने अनुमान गरिएको छ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।