बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ भने ३४ जना घाइते भएका छन्।
पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर फर्किँदै गरेको बस सोही वडाको बढ्गाउँ मोडमा गएराति दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी इन्स्पेक्टर बलदेव बडुका अनुसार गम्भीर घाइते भएका थप पाँच जनाको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या १३ पुगेको हो।
घाइतेमध्ये २५ जनाको डडेलधुरामा र चार जनाको बझाङको देउलेकमा उपचार भइरहेको छ। थप उपचार आवश्यक परेकामा पाँच जनालाई धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बस चालक विरेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। बेहुला–बेहुली भने अर्को गाडीमा रहेकाले सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।







प्रतिक्रिया