हुम्लाको ताजाँकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकालसमेत चार जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हुम्लाको ताजाँकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालसहित चार जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार गाउँपालिका अन्तर्गतको स्वास्थ्य शाखाका लागि औषधि खरिदमा अनियमितता गरेको प्रमाणित भएपछि तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकाल, स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङ्कु, सहलेखापाल वीरसिंह सुनार तथा आर्यन फार्माका सञ्चालक कृष्णकुमार भुजुवाविरुद्ध मुद्दा दायर गरिएको हो।

आयोगले ढकाल, स्याङ्कु र सुनारविरुद्ध जनही एक लाख ९१ हजार ८५० रुपैयाँ बिगो माग दाबी गरेको छ भने आर्यन फार्माका सञ्चालक भुजुवाविरुद्ध एक लाख ९० हजार ८ सय रुपैयाँ बिगो माग गर्दै कानुन बमोजिम सजायको माग गरिएको जनाएको छ।