बागमती प्रदेश सभामा बजेट छलफल: २ अर्ब बराबर नयाँ योजना थप्दै पूरक प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर — बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमाथि छलफल जारी छ। सरकारले प्रतिपक्षी दलहरूको माग सम्बोधन गर्दै २ अर्ब रुपैयाँ बराबरका नयाँ योजना समावेश गर्ने गरी पूरक प्रस्ताव प्रदेश सभामा प्रस्तुत गरेको छ।

पूरक प्रस्ताव अनुसार झन्डै १६ सय नयाँ योजना थपिने भएका छन्। आइतबारको छलफलमा विपक्षी दलहरूले बजेट समानुपातिकरूपमा वितरण नभएको, मुख्यमन्त्री, अर्थमन्त्रीसहित अन्य मन्त्रीहरूको जिल्लामा मात्रै बजेट विनियोजन भएको भन्दै आलोचना गरेका थिए।

प्रदेश सभा सदस्यहरूले आफ्ना जिल्लाका योजनालाई प्राथमिकतामा नराखिएको भन्दै चर्को दबाब दिँदा पटक–पटक बोलाइएको प्रदेश सभा बैठक स्थगित हुँदै आएको थियो। प्रतिपक्षी दलहरूको माग सम्बोधन भएपछि अब दुई दिन छलफल गरेर बजेट पारित गर्ने तयारी भइरहेको छ। बागमती प्रदेश सरकारले यस वर्षको लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट पेश गरेको थियो।