साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारको प्रि–ओपन सेसनमै नेप्से परिसूचक घटेको छ। प्रि–ओपनमा नेप्से १.०१ अंकले घटेर २ हजार ५८६.२३ विन्दुमा पुगेको हो।
अघिल्लो कारोबार दिन शुक्रबार नेप्से ११.९० अंकले घटेर २ हजार ५८७.२५ विन्दुमा बन्द भएको थियो। सोमबारको प्रि–ओपनमा भने सेन्सेटिभ इन्डेक्स ०.०५ अंकले बढेको छ।
प्रि–ओपन सेसनमा ६३ कम्पनीका ६ हजार ३८९ कित्ता सेयर १०८ पटक कारोबार हुँदा २४ लाख १३ हजार ८३० रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ।
कारोबार भएका कम्पनीमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने ३४ वटाको घटेको छ। १७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
बजार खुलेसँगै अधिकांश कम्पनीको सेयर मूल्य घट्दा नेप्सेमा थप दबाब देखिएको छ।







प्रतिक्रिया