हर्क साम्पाङकी जेठी पत्नी दिलमायालाई अंश दिन अदालतको फैसला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरानका तत्कालीन मेयर तथा हालका प्रतिनिधिसभा सदस्य हर्क साम्पाङकी जेठी पत्नी दिलमाया राईले दायर गरेको अंशचलन मुद्दामा अदालतले उनलाई अंश दिनुपर्ने फैसला गरेको छ।

अदालतले वादी–प्रतिवादीबीच यसअघि कानुनबमोजिम अंशवण्डा भएको प्रमाण नदेखिएको भन्दै पाँच अंशियार कायम गरेको छ। फैसलाअनुसार हर्कराज राई, उनका दाजुहरू आशयकुमार राई र एकराज राई, आमा जसामाया राई तथा जेठी पत्नी धनकुमारी राई गरी पाँच अंशियार कायम भएका छन्।

दिलमायाले आफूलाई कुटपिट गरी घरबाट निकालिएको दाबी गर्दै अंश माग गरेकी थिइन्। अदालतले हर्क साम्पाङले उनको दाबी खण्डन हुने पर्याप्त प्रमाण पेस गर्न नसकेको उल्लेख गरेको छ।

फैसलाअनुसार हर्क साम्पाङको हिस्सामा पर्ने सम्पत्तिलाई हर्क, दिलमाया र छोरी एलिसाबीच तीन भाग लगाई दिलमायालाई एक भाग अंश दिनुपर्नेछ। यस आधारमा समग्र अंश लाग्ने सम्पत्तिमा दिलमायाको हिस्सा एक-पन्ध्रौं हुने देखिएको छ।