सुकुम्बासी व्यवस्थापन अभियानमा सहयोग गर्न नेपाल प्रहरीको अपिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल प्रहरी ले सरकारले सुरु गर्न लागेको सुकुम्बासी तथा भूमिहीन व्यवस्थापन अभियानमा सहयोग गर्न नदी किनार र सार्वजनिक स्थानमा बसोबास गरिरहेका नागरिकलाई आग्रह गरेको छ।

प्रहरीका अनुसार वास्तविक सुकुम्बासी/भूमिहीनको पहिचान गरी उनीहरूलाई सुरक्षित आवास र सम्मानजनक जीवन सुनिश्चित गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।

प्रहरी प्रवक्ता अबिनारायण काफ्ले ले वास्तविक लाभग्राहीलाई सेवा पहुँचमा ल्याउन नक्कली सुकुम्बासीको पहिचानमा सहयोग गर्न पनि नागरिकलाई अनुरोध गरेका छन्।

प्रहरी प्रधान कार्यालयले जारी गरेको अपिलमा वास्तविक सुकुम्बासीहरूलाई एकजुट भई व्यवस्थापन प्रक्रियामा सहकार्य गर्न र समयमै सही सूचना उपलब्ध गराउन आग्रह गरिएको छ।

यस अभियानमार्फत दीर्घकालीन रूपमा आवास समस्या समाधान गर्दै राज्यका सेवा–सुविधामा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखिएको जनाइएको छ।