बर्दिवास मा भूतपूर्व सैनिक सम्मेलन सुरु भएको छ। ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–सैनिक पुनर्मिलन, हितकारीको कल्याण र कोषको दिगोपन’ नारासहित मध्यपूर्वी पृतनाको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।
सम्मेलनको उद्घाटन अशोकराज सिग्देल सहित अन्य उच्च सैन्य अधिकृतहरूको उपस्थितिमा भएको हो। कार्यक्रममा करिब दुई हजार पाँच सय अवकाश प्राप्त सैनिक तथा उनीहरूका परिवारको सहभागिता रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
कार्यक्रममा सेवारत र अवकाश प्राप्त सैनिकबीचको सम्बन्धलाई निरन्तरता दिँदै कल्याणकारी कोषको दिगोपन र सेवामा सुधारका लागि सुझाव संकलन गर्ने उद्देश्य राखिएको छ। यसबाट शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा लाभग्राहीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
सम्मेलनको अवसरमा ज्येष्ठ भूतपूर्व सैनिक, एकल महिला, भूपू सैनिकका सन्तति तथा नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने अभिभावकलाई सम्मान गरिएको छ।
मध्यपूर्वी पृतनाअन्तर्गत नेपाली सेना कल्याणकारी बोर्डको समन्वयमा सम्पन्न यो सम्मेलनपछि हिमाली र पहाडी जिल्लामा पनि आगामी वैशाख ५ गते अर्को कार्यक्रम हुने जनाइएको छ।







प्रतिक्रिया