CK Raut ले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Janamat Party का अध्यक्ष CK Raut ले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। तर उनले संघर्षको राजनीति भने निरन्तर जारी राख्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले संसदीय पदको राजनीतिबाट टाढा रहने तर राजनीतिबाट पूर्ण रूपमा अलग नहुने स्पष्ट पारेका छन्। उनले लेखेका छन्, “संसदीय राजनीतिबाट सन्यास लिने, संघर्षको राजनीति जारी राख्ने। पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने।”

उनले राजनीतिमा सक्रिय रहँदै आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउने तथा जनताको सेवामा निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट उदाएको जनमत पार्टी त्यतिबेला राष्ट्रिय दल बनेको थियो। सो निर्वाचनमा अध्यक्ष राउत आफैं प्रत्यक्षतर्फ विजयी भएका थिए। समानुपातिकतर्फ पनि पार्टीले थप पाँच सांसद सिट प्राप्त गरेको थियो।

तर २०८२ फागुन २१ मा भएको पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा भने जनमत पार्टीले एक सिट पनि जित्न सकेन। सप्तरी–२ बाट चुनाव लडेका राउत Ramji Yadav सँग पराजित भएका थिए।

राउतले अब संसदीय राजनीतिबाट टाढा रहेर पार्टीलाई आगामी स्थानीय र प्रदेश निर्वाचनका लागि तयार पार्ने बताएका छन्।

उनले आफू सदैव जनताको बीचमा रहने, हरेक संघर्ष र आन्दोलनमा सक्रिय रहने तथा अधिकार र पहिचानको लडाइँमा निरन्तर भूमिका निर्वाह गर्ने बताएका छन्।

यसैबीच उनले आफू व्यक्तिगत इच्छाविपरीत जनमत पार्टीको अध्यक्ष बनेको पनि उल्लेख गरेका छन्। अन्य नेताहरूले नमानेपछि बाध्य भएर आफूले नै पार्टी अध्यक्षको जिम्मेवारी लिनुपरेको उनको भनाइ छ। साथै उनले दुई पटक संसदीय निर्वाचन पनि व्यक्तिगत इच्छा विपरीत लडेको दाबी गरेका छन्।