कुवेतले शनिवार कुवेत सिटीमा आफ्नो तेस्रो वार्षिक खेलकुद दिवस आयोजना गरेको छ । जसमा करिव २१ हजार सहभागीहरूको उपस्थिति रहेको कुवेत न्युज एजेन्सी (केयूएनए) ले रिपोर्ट गरेको छ । सम्बन्धित निकायहरूसँगको सहकार्यमा कुवेत स्पोट्र्स फर अल फेडरेशनद्वारा आयोजित यस कार्यक्रममा हिँड्ने, दौडने र साइकल दौडका साथै परिवार र युवाहरूका लागि लक्षित विभिन्न मनोरञ्जनात्मक र फिटनेस कार्यक्रमहरू समावेश गरिएका थिए । रिपोर्टकाअनुसार यो कार्यक्रम सार्वजनिक स्वास्थ्यमा सुधार ल्याउने र सन् २०२२–२०२८ को लागि देशको खेलकुद रणनीति अन्तर्गत खेलकुदमा सामुदायिक सहभागितालाई प्रोत्साहन गर्ने कुवेतको बृहत्तर प्रयासको एक हिस्सा हो ।






प्रतिक्रिया