विराटनगरमा दुर्घटनाग्रस्त स्कोरपिओबाट ४२० किलो गाँजा बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शिवरात्रिको दिन आइतबार बिहान विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद भएको छ।

बा८च ६५०८ नम्बरको स्कोरपिओ भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेको अवस्थामा अचानक अनियन्त्रित भई सडकछेउको खाल्डोमा खसेको थियो।

मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कवित कटवालका अनुसार गाडीको सिट तथा डिक्कीमा प्लास्टिकले बेरिएको अवस्थामा ४२० किलो गाँजा प्याक गरेर राखिएको फेला परेको हो।

प्रहरीका अनुसार सुरक्षाकर्मीलाई छल्न तीव्र गतिमा गाडी कुदाउँदा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।