केपी शर्मा ओली, **नेकपा (एमाले)**का अध्यक्ष, आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन्।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यसअघि आमसभा र केही सीमित कार्यक्रममै देखिने ओली अहिले भने मतदाताको घर–घर पुग्दै प्रत्यक्ष भेटघाटमा जुटेका छन्। यो सक्रियता केवल चुनावी रणनीति मात्रै नभई पछिल्लो समय बढ्दै गएको राजनीतिक दबाब र आफ्नै क्षेत्रमा देखिएका केही चुनौतीका कारण पनि हुनसक्ने संकेत देखिन्छ।

गत माघ २३ गते झापा आएर ७ दिनमा करिब ८० वटा गाउँ घुमी काठमाडौं फर्किएका ओली आज फेरि झापा जान लागेका हुन्।

ओली बिहान १० बजेर २० मिनेटमा काठमाडौंबाट भद्रपुर विमानस्थल अवतरण गरी निर्वाचन क्षेत्रमा जाने कार्यक्रम रहेको छ।

आइतबार ओली शिक्षक भेला, धिमाल जातिको भेला तथा मुस्लिम समुदायका नागरिकसँगको भेलामा सहभागी हुनेछन्। त्यसपछि दमक–२ स्थित अस्थायी निवासमा भौगोलिक क्षेत्रका कार्यकर्ता र आम नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय गरिएको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए।

एमाले झापा क्षेत्र नम्बर ५ का चुनावी कमाण्डर तथा पार्टी केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार ओली फागुन ६ गतेसम्म झापामै बस्ने कार्यक्रम छ। यो अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ र टोलमा पुगेर घरदैलो कार्यक्रम गर्ने कार्यतालिका बनाइँदैछ। हरेक दिन कम्तीमा ६ देखि ७ स्थानमा कार्यक्रम पुग्ने गरी रुट मिलाइएको छ।