नरेन्द्र मोदी चढेको विमान भारतको एक सडकमै अवतरण भएको छ। मोदी चढेको **भारतीय वायुसेना**को सी–१३०जे सुपर हरक्यूलिस विमान आसाम राज्यको **डिब्रुगढ**स्थित मोरान बाइपास सडकमा अवतरण गरिएको हो।
भारतीय सञ्चारमाध्यम भास्कर न्युज ले यस घटनालाई ‘ऐतिहासिक क्षण’ को संज्ञा दिएको छ। पछिल्लो समय भारतमा ठूला जहाज अवतरण गर्न मिल्ने विशेष प्रकारका राजमार्ग निर्माण गरिँदै आएको र प्रधानमन्त्री चढेको विमान राजमार्गमा पहिलो पटक अवतरण भएको भारतीय मिडियाले उल्लेख गरेका छन्।
समाचारअनुसार मोदी शनिबार चाबुवा हवाई अड्डाबाट उडान भरेर डिब्रुगढस्थित उक्त सडकमा अवतरण गरेका हुन्। इमर्जेन्सी ल्यान्डिङ सुविधासहितको यो सडक करिब १०० करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो र विमान अवतरणका लागि करिब साढे चार किलोमिटर लामो बनाइएको छ।
इमर्जेन्सी ल्यान्डिङ फेसिलिटी भनेको राज्य वा राष्ट्रिय राजमार्गमा बनाइने विशेष प्रकारको एयरस्ट्रिप हो, जहाँ आपत्कालीन अवस्थामा वायुसेनाका लडाकु तथा अन्य विमान सहजै अवतरण र उडान गर्न सक्ने व्यवस्था हुन्छ। समाचारमा राफेलजस्ता लडाकु विमान पनि यस्ता सडकमा अवतरण गर्न सक्ने दाबी गरिएको छ।







प्रतिक्रिया