महाशिवरात्रिमा मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो, ३० हजारभन्दा बढीले दर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महाशिवरात्रि पर्वको अवसरमा राजधानीस्थित पशुपतिनाथ मन्दिर परिसरमा आज बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। शिव आराधनाका लागि देश–विदेशबाट आएका श्रद्धालुहरू बिहानको मङ्गल आरतीसँगै दर्शनका लागि लामबद्ध भएका छन्।

मन्दिर विकास कोषका अनुसार बिहान १० बजेसम्म मात्र करिब ३० हजारभन्दा बढी भक्तजनले दर्शन गरिसकेका छन्। भीड व्यवस्थापनका लागि सुरक्षाकर्मी, स्वयंसेवक तथा कोषका कर्मचारी परिचालित गरिएका छन् भने दर्शनलाई व्यवस्थित बनाउन छुट्टाछुट्टै प्रवेश र निकास मार्ग तय गरिएको छ।