गलत नेतृत्व रोजिए देशले फेरि दु:ख पाउँछ : रवि लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सक्षम र इमानदार नेतृत्व चयन नगरे देशले पुनः दु:ख पाउने बताएका छन्।

शुक्रबार सदरमुकाम तम्घासमा रास्वपा गुल्मीले आयोजना गरेको कार्यक्रममा उनले यसपटक जनतासामु सही नेतृत्व छान्ने महत्वपूर्ण अवसर रहेको उल्लेख गरे। विगतका कमजोरीबाट पाठ सिक्दै मतदाताले गम्भीर निर्णय गर्नुपर्ने उनको भनाइ थियो।

‘अब पनि गलत नेतृत्व रोजियो भने फेरि पछुताउनुपर्छ,’ उनले भने, ‘देश र भावी पुस्ताको भविष्यका लागि सचेत निर्णय आवश्यक छ।’

लामिछानेले प्रतिनिधिसभा निर्वाचनलाई महाभारतको युद्धसँग तुलना गर्दै नागरिकलाई कौरव वा पाण्डव पक्षमध्ये कुन पक्षमा उभिने भन्ने स्पष्ट धारणा बनाउन आग्रह गरे। उनले वर्तमान राजनीतिक अवस्था, सुशासन र नैतिकताको प्रश्नलाई महाभारतको प्रसंगसँग जोड्दै सत्य र न्यायको पक्षमा उभिन आह्वान गरे।

उनले भ्रष्टाचार, बेथिति र शक्तिको दुरुपयोगविरुद्ध आफूहरू संघर्षरत रहेको बताए। लामिछाने रिडीदेखि तम्घाससम्म विभिन्न स्थानमा कार्यक्रम तथा अन्तरक्रिया गर्दै अर्घाखाँची तर्फ लागेका छन्।