रास्वपा कपिलवस्तुका जिल्ला संगठन प्रमुख भट्टराई पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुका जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन्।

बाणगंगा नगरपालिका–८ धनेषपुर निवासी भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारसम्बन्धी कागजातहरू आफ्नै फेसबुकमार्फत सार्वजनिक गरेको आरोपमा मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहका अनुसार सामाजिक सञ्जालमा सामग्री पोस्ट गरी घृणा र द्वेष फैलाउने तथा गोपनीयता भंग गरेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

भट्टराईमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ। जिल्ला अदालत कपिलवस्तुबाट तीन दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।