नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा मंगलबार पनि दोहोरो अंकको गिरावटले निरन्तरता पाएको छ। सोमबार २६.०५ अंकले घटेको नेप्से मंगलबार थप १०.२५ अंकले घटेर २६६२.१४ अंकमा झरेको छ।
मंगलबार नेप्से सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ। नेप्सेका अनुसार यो साताको पहिलो दिन आइतबारदेखि नै सूचक र कारोबार रकम दुवैमा निरन्तर ओरालो लागेको छ।
कारोबार सुरु हुँदा २६७२.३९ अंकमा रहेको नेप्से दिनको अन्त्यमा घटेर २६६२.१४ अंकमा बन्द भएको हो। बजारमा सूचीकृत अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि समग्र बजार नकारात्मक बनेको नेप्सेले जनाएको छ।
यस दिन १ सय ७९ कम्पनीको सेयर मूल्य घट्दा ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
समूहगत परिसूचकतर्फ हेर्दा अधिकांश समूहमा गिरावट देखिएको छ। बैंकिङ समूह १.३२ अंकले घट्दा विकास बैंक ६५.६७, वित्त २२.७१, होटल ३५.६५, जलविद्युत् ९.०५, लगानी ०.५६, जीवन बीमा ९८.४४, उत्पादनमूलक ५९.७०, लघुवित्त २४.१७, निर्जीवन बीमा ६८.५६ र अन्य समूह ८.२३ अंकले घटेका छन्।
यद्यपि सामूहिक लगानी कोष समूह ०.०४ अंक र व्यापार समूह १९.७० अंकले बढेको छ।
मंगलबार नेप्सेमा ३ सय २४ कम्पनीका ८९ हजार ८ सय ३६ कारोबारमार्फत २ करोड १७ लाख १५ हजार ८ सय ६८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ८ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।
यो कारोबार रकम सोमबारको तुलनामा कम हो। सोमबार नेप्सेमा १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।







प्रतिक्रिया