रामेछाप बस दुर्घटना: १२ मृतकमध्ये ९ जनाको सनाखत, ८ घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछापको सिरिसे ढाँडे हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये ९ जनाको सनाखत भएको छ। मंगलबार बिहान रामेछापको मचानेटारबाट बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको थियो।

प्रहरीका अनुसार दुर्घटनामा ७ पुरुष र ५ महिला गरी १२ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। सबै शव मन्थली अस्पताल पुर्‍याइएको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीमा खोजी कार्य जारी राखेको छ।

सनाखत भएका मृतकहरू:
१) दोलखा भिमेश्वर नगरपालिका–७, अन्दाजी २५ वर्षीया बबि तामाङ
२) दोलखा भिमेश्वर नगरपालिका–८, अन्दाजी ६० वर्षीय मानबहादुर तामाङ
३) रामेछाप लिखु तामाकोशी–४, अन्दाजी २८ वर्षीय दिपेश बस्नेत
४) रामेछाप लिखु तामाकोशी–७, अन्दाजी ३५ वर्षीया सानुमाया तामाङ
५) रामेछाप लिखु तामाकोशी–७, अन्दाजी ३१ वर्षीया तारा तामाङ
६) रामेछाप लिखु तामाकोशी–७, अन्दाजी ३६ वर्षीय भिमबहादुर तामाङ
७) रामेछाप लिखु तामाकोशी–७, अन्दाजी १६ वर्षीया रमिता तामाङ
८) रामेछाप लिखु तामाकोशी–४, अन्दाजी २५ वर्षीय दिपेन्द्र बस्नेत
९) सिन्धुली गोलन्जोर–६, अन्दाजी ३४ वर्षीय शिव श्रेष्ठ

अन्य ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।