प्रचण्ड: सामाजिक सञ्जालको प्रचार र वास्तविक धरातल फरक, स्टन्टबाजीको प्रभाव सीमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा हुने प्रचार र वास्तविक राजनीतिक धरातल फरक रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले हालैको ‘स्टन्ट’ र ‘हल्ला’ प्रचारको प्रभाव जनताले बुझिसकेको बताएका छन्।

उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई तर्कसहित भ्रमित प्रचार खण्डन गर्न र आगामी निर्वाचनमा केन्द्रित हुन निर्देशन पनि दिनुभयो। प्रचण्डले सामाजिक सञ्जालको भरमा गरिने राजनीतिलाई ‘स्टन्टबाजी’ को संज्ञा दिँदै फिल्डमा त्यस्तो प्रभाव नगरेको स्पष्ट पार्नुभयो।

‘सोशल मिडियाबाट देखिएको प्रचारबाजी फिल्डमा छैन,’ प्रचण्डले भने, ‘पहिला जहाँ जिते त्यहाँ उनीहरूको ओरालो छ। नयाँ ठाउँमा भ्रम दिन सजिलो भए पनि जनताले वास्तविकता बुझिसकेका छन्। त्यसकारण हामीले यसलाई तर्कसहित खण्डन गर्नुपर्छ।’

प्रचण्डले उपत्यका लगायतका क्षेत्रमा पुराना र अनुभवी नेताहरूलाई जनताले हेरिसकेको र अब स्टन्टबाज र हल्लाखोरको प्रभाव सीमित भएको दाबी पनि गरे। उहाँले राजनीतिक संकटको समाधानका लागि निर्वाचन नै एक मात्र वस्तुवादी र वैज्ञानिक बाटो भएको उल्लेख गर्नुभयो।

‘यो चुनौतीपूर्ण अवसरमा नेपाली कम्युनिस्ट पार्टीले मेहनत गर्दै देश र राजनीतिमा भूमिका खेलिरहेको छ,’ प्रचण्डले भने, ‘कतिपयले निर्वाचन नभए हुन्थ्यो भन्ने सोच्दा पनि, अब देश निर्वाचनतर्फ केन्द्रित छ।’