रामेछापको तामाकोशी नदीमा परेको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्याम कृष्ण थापाका अनुसार, घटनास्थलमा ६ शव फेला परेको छ भने ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।
दुर्घटना काठमाडौं–रामेछाप मार्गको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाने क्रममा भएको थियो। दुर्घटनामा घाइते ८ मध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ।
बस आज बिहान रामेछापको मचानेटार क्षेत्रबाट बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस थियो। अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ र चाबहिलबाट ३ जना यात्रु टिकट काटेर बसमा चढेका थिए। अन्य यात्रुहरु बसमा चढेको–नचढेको पुष्टि हुन बाँकी छ।
सशस्त्र प्रहरी बलको गोताखोर टोलीले अझै पनि दुर्घटनास्थलमा खोजी जारी राखेको छ। प्रहरीका अनुसार सडकबाट खसेको बस नदीमा डुबेको थियो।







प्रतिक्रिया