सरकारको आम्दानी लक्ष्य नपुग्ने प्रक्षेपण, कर राजस्व १२ खर्ब ९८ अर्बमा झर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै सरकारको आम्दानी लक्ष्य नपुग्ने प्रक्षेपण गरेको छ। मन्त्रालयका अनुसार कर, गैरकर र विविध आम्दानीको संशोधित अनुमान १२ खर्ब ९८ अर्ब रुपैयाँमा झारिएको छ।

यसअघि सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ बराबर आम्दानीको लक्ष्य राखेको थियो। कर राजस्वको अनुमान १३ खर्ब २५ अर्ब रहेको थियो भने पुस मसान्तसम्म ५ खर्ब १६ अर्बमात्र उठेको छ। बाँकी ६ महिनामा ६ खर्ब ५० अर्ब कर राजस्व उठ्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ।

गैरकर राजस्व १ खर्ब २७ अर्ब मात्र उठ्ने अनुमान गरिएको छ। आर्थिक वर्षको बाँकी अवधिमा निर्वाचन हुने भएकाले चुनाव लक्षित खर्च र आर्थिक गतिविधि बढ्ने र यसले राजस्व संकलनमा सकारात्मक असर पर्ने मन्त्रालयको विश्लेषण छ।

साथै, वैदेशिक व्यापारमा सुधार र आगामी बजेट (१५ जेठ) का लक्षित आर्थिक गतिविधिले पनि राजस्व बढाउने अपेक्षा गरिएको छ।