गत भदौ २३–२४ को जेनजी प्रदर्शनका क्रममा आफ्नी पत्नी गुमाएका भारतीय नागरिक रणवीर सिंह गोलाले १०० करोड भारु क्षतिपूर्तिको माग गर्दै दिल्ली उच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्।
उनको निवेदनमा उल्लेख छ कि भदौ २४ गते उनकी पत्नी राजेश गोला हयात रिजेन्सी होटलको चौथो तलाबाट खसेर मृत्यु भएको हो। रणवीरले भनेका छन् कि आगजनी सुरु भएपछि उनलाई छतमा जान बाध्य पारिएको र उद्धारमा ढिलाइ भएपछि हामफाल्ने क्रममा पत्नीले ज्यान गुमाएको हो।
रणवीरले भारतीय विदेश मन्त्रालय, काठमाडौँस्थित भारतीय दूतावास र हयात रिजेन्सी होटललाई विपक्षी बनाएका छन्। निवेदनमा आरोप छ कि होटल प्रशासनले पाहुनाको सुरक्षा सुनिश्चित गर्ने आश्वासन दिए पनि चेकआउट रोक्यो र आगलागी हुँदा माथिल्लो तलामा पठायो। उनले भारतीय दूतावास र विदेश मन्त्रालयसँग उद्धारका लागि पटक–पटक गुहार मागे पनि कुनै सहयोग नभएको जनाएका छन्।
सोमबार दिल्ली उच्च अदालतका न्यायाधीश पुरुषैन्द्र कुमार कौरवको एकल इजलासमा मुद्दाको प्राथमिक सुनुवाइ भएको छ। न्यायाधीशले रिट निवेदनमा संशोधन आवश्यक देखाउँदै सुनुवाइ २६ फेब्रुअरीसम्मका लागि स्थगित गरेका छन्। अदालतले आवश्यक संशोधन पश्चात मात्र आगामी सुनुवाइ हुने जानकारी दिएको छ।







प्रतिक्रिया