चेक बाउन्स मुद्दामा राजपाल यादव तिहाड जेलमा आत्मसमर्पण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बलिउड अभिनेता राजपाल यादवले चेक बाउन्स मुद्दामा सजायसम्बन्धी समयसीमा थप गर्न दिल्ली उच्च अदालतले अस्वीकार गरेपछि तिहाड जेल प्रशासनसमक्ष आत्मसमर्पण गरेका छन्।

जेल स्रोतका अनुसार यादवले बिहीबार अपराह्न ४ बजे आत्मसमर्पण गरेका हुन्। अब तोकिएको मानक कार्यविधिअनुसार प्रक्रिया अघि बढाइने जनाइएको छ।

यो मुद्दा सन् २०१० मा सुरु भएको हो। यादवले आफ्नो पहिलो निर्देशित फिल्म ‘अता पता लापता’ निर्माणका लागि मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडबाट करिब ५ करोड भारु ऋण लिएका थिए। फिल्म असफल भएपछि ऋण फिर्तामा ढिलाइ भयो र दिइएका चेकहरू बाउन्स भए।

समयक्रममा ब्याज जोडिँदै जाँदा यादवले करिब ९ करोड भारु तिर्न बाँकी रहेको अदालतले जनाएको छ। सन् २०१८ मा कडकडडूमा अदालतले उनलाई दोषी ठहर गर्दै ६ महिना जेल सजाय सुनाएको थियो।

उच्च अदालतले यसअघि पटक–पटक राहत दिँदै भुक्तानीका लागि समय दिएको भए पनि प्रतिवद्धता पूरा नभएकाले थप राहत अस्वीकार गरेको जनाएको छ। अदालतले आत्मसमर्पणपछि मात्र कुनै राहतबारे विचार गरिने स्पष्ट पारेको छ।