जापानको प्रतिनिधि सभा निर्वाचनमा एलडीपीको ऐतिहासिक जित, साने ताकाइचीको नेतृत्वमा ३१६ सिट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जापानको प्रतिनिधि सभाको निर्वाचनमा पूर्व टेलिभिजन प्रस्तोता साने ताकाइचीको नेतृत्वमा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले ऐतिहासिक भारी बहुमत हासिल गरेको छ। ४६५ सिट रहेको प्रतिनिधि सभामा एलडीपीले एक्लैले ३१६ सिट जित्दै स्पष्ट बहुमतसहित सरकार गठन गर्ने बलियो आधार बनाएको हो।

सरकार गठनका लागि आवश्यक २३३ सिटभन्दा धेरै सिट प्राप्त गरेसँगै एलडीपीलाई अब स्थिर र सशक्त सरकार सञ्चालन गर्ने बाटो खुलेको छ। यो नतिजालाई जापानी राजनीतिक इतिहासकै एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

राजनीतिमा प्रवेश गर्नु अघि साने ताकाइची जापानकी चर्चित टेलिभिजन प्रस्तोता थिइन्। उनी हेभी मेटल संगीतकी पारखीका रूपमा पनि परिचित छन्। ताकाइची एक समय ब्याण्डमा सक्रिय रहँदै स्टेजमा जोसिलो प्रस्तुति दिने गर्थिन्। ड्रम बजाउँदा ड्रमस्टिक नै भाँचिने भएकाले उनी सधैं धेरै ड्रमस्टिक बोकेर हिँड्ने कलाकारका रूपमा चर्चित थिइन्।

मिडिया र संगीतको पृष्ठभूमिबाट राजनीतिमा आएकी ताकाइचीको नेतृत्वमा एलडीपीले प्राप्त गरेको यो शानदार विजयले जापानको राजनीतिमा नयाँ अध्याय सुरु भएको संकेत गरेको विश्लेषकहरूको भनाइ छ।