काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरमा चोरी गर्ने तीन जनालाई काठमाडौं जिल्ला प्रहरी परिसरले पक्राउ गरेको छ।
परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकाहरूबाट ल्यापटप, चार्जर र भिडियो रेकर्डर बरामद गरिएको छ। चोरीमा संलग्न मुख्य व्यक्ति २४ भदौमा नख्खु कारागारबाट फरार भएको व्यक्ति रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको विषयमा अनुसन्धान जारी रहेको भन्दै प्रहरीले थप विवरण खुलाएको छैन।







प्रतिक्रिया