चर्चित अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइतबार बिहान गरिएको पोस्टमार्टम अनुसार थापाको मृत्यु हृदयघातका कारण भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ।
पोस्टमार्टम रिपोर्टमा मुटुको नसा ब्लक भई हृदयघात भएको उल्लेख गरिएको एक चिकित्सकले जानकारी दिएका छन्। पोस्टमार्टमपछि थापाको शव अस्पतालबाट लगिएको छ। उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिने छ।
६८ वर्षीय थापाको शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।







प्रतिक्रिया