नेपाली कांग्रेसले वरिष्ठ अभिनेता सुनिल थापाको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ।
कांग्रेस सभापति गगन थापाले शोक वक्तव्य जारी गर्दै ‘राते काइला’ नामले चर्चित अभिनेता सुनिल थापाको निधनको खबरले आफू स्तब्ध र दुःखी भएको बताएका छन्।
‘नेपाली तथा भारतीय चलचित्रमा सशक्त भूमिका निर्वाह गर्नु भएका थापाको निधनबाट सम्पूर्ण चलचित्र उद्योगले अपूरणीय क्षति व्यहोरेको छ। अभिनय, मोडलिङ, खेलकुद तथा चलचित्र उद्योगका विभिन्न क्षेत्रमा उहाँले पुर्याउनु भएको योगदान सदा स्मरणीय रहनेछ,’ सभापति थापाले वक्तव्यमा उल्लेख गरेका छन्।
अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो।
यसैगरी, कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा सुनिल थापाको असामयिक निधनले नेपाली मात्र नभई भारतीय चलचित्र क्षेत्रमा समेत अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ।







प्रतिक्रिया