पाकिस्तानको राजधानी इस्लामावादमा रहेको एक शिया मुस्लिम मस्जिदमा भएको आत्मघाती आक्रमणमा ३१ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन्।
प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेर उद्धार कार्यमा लागेका छन्। शक्तिशाली विस्फोटका कारण अस्पतालहरूलाई अलर्ट राखिएको छ र घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ।
इस्लामावाद प्रहरी प्रमुखले शहरभरी आपतकाल घोषणा गरेका छन्। घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृतक संख्या अझ बढ्न सक्ने चेतावनी दिइएको छ। अहिलेसम्म आक्रमणको जिम्मेवारी कसैले लिएको छैन।







प्रतिक्रिया