सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले प्रतिनिधिसभा निर्वाचन भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न देशभरका सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
शुक्रबार सशस्त्र प्रहरी प्रधान कार्यालयबाट देशभरिका युनिटलाई गरिएको भर्चुअल ब्रिफिङमा महानिरीक्षक अर्यालले निर्वाचनको समयमा आउन सक्ने चुनौती र कठिनाईलाई समयमै आकलन गरी सुरक्षाकर्मी र सम्बद्ध निकायसँग समन्वय गरी समाधान गर्न निर्देशन दिएका हुन्।
उनीहरूले मौसम प्रतिकुलताका कारण हिमाली भेगमा हिउँ पर्न सक्ने सम्भावनाका लागि बैकल्पिक मतदानस्थलको पहिचान गर्न पनि निर्देशन दिएका छन्। यसले आम नागरिकलाई मतदानका क्रममा सहजता र सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्ने अधिकारीहरूले बताएका छन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए अनुसार, महानिरीक्षक अर्यालले हिमाली र विकट क्षेत्रका युनिटहरूको अवस्था, मौसमी चुनौती, भौगोलिक अवस्था र आवश्यक वस्तुस्थितिको निरन्तर जानकारी लिइरहेको समेत जानकारी गराएका छन्।







प्रतिक्रिया