‘युनिट ४२’ ले ठूलो अन्तर्राष्ट्रिय साइबर जासुसी अभियानको खुलासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

साइबर सुरक्षा कम्पनी ‘युनिट ४२’ का सुरक्षा अनुसन्धानकर्ताहरूले विश्वव्यापी रूपमा फैलिएको एक ठूलो साइबर जासुसी अभियानको खुलासा गरेका छन्।

अनुसन्धानअनुसार एसियामा आधारित टीजीआर–एसटीए–१०३० नामक ह्याकर समूहले विश्वका ३७ देशका ७० भन्दा बढी सरकारी तथा महत्वपूर्ण पूर्वाधार निकायहरूमा अनधिकृत पहुँच प्राप्त गरेको पाइएको छ।

यो समूहले नेपालको प्रधानमन्त्री कार्यालयदेखि जर्मनी, चेक गणतन्त्र र ब्राजिलका विभिन्न मन्त्रालयहरूसम्म जासुसी गतिविधि सञ्चालन गरेको अनुसन्धानमा उल्लेख छ।

ह्याकरहरूले ‘स्याडो–गार्ड’ नामक नयाँ लिनक्स रुटकिट प्रयोग गरेका छन्। उक्त रुटकिटले कम्प्युटरभित्रका फाइल, प्रक्रिया र संवेदनशील डाटालाई सुरक्षा सफ्टवेयरबाट पूर्ण रूपमा लुकाउन सक्ने क्षमता राख्ने बताइएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार समूहको मुख्य उद्देश्य महत्वपूर्ण आर्थिक वार्ता, सैन्य गतिविधिसम्बन्धी अद्यावधिक जानकारी तथा प्राकृतिक स्रोत (विशेषगरी खानी) सम्बन्धी गोप्य सूचना चोरी गर्नु रहेको छ।

यसैबीच, अमेरिकी साइबर सुरक्षा एजेन्सीले उक्त समूहको गतिविधिबारे सतर्कता जारी गर्दै अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गरी जासुसी अभियानलाई रोक्ने प्रयास भइरहेको जानकारी दिएको छ।