जापानको आम निर्वाचनमा ‘दोहोरो थर’को एजेन्डा ओझेलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फेब्रुअरी ८ मा हुने जापानको आम निर्वाचनको प्रचारप्रसारमा विवाहित दम्पतीलाई ‘दोहोरो थर’ राख्न दिने कानुनी व्यवस्थाको एजेन्डा यसपटक ओझेलमा परेको छ।

जापानकी पहिलो महिला प्रधानमन्त्री सानाए ताकाइचीले यस विषयमा हाल सार्वजनिक रूपमा बोल्न छाडेकी छन्। अनुदारवादी मतदाताहरूको कडा विरोधका कारण उनले दोहोरो थरको मुद्दालाई आफ्नो चुनावी प्राथमिकतामा नराखेकी बताइएको छ।

यसपटकको निर्वाचनमा महँगी नियन्त्रणका लागि ल्याइएको ‘सानाइनोमिक्स’ आर्थिक प्याकेज तथा देशको सैन्य क्षमता विस्तार गर्ने विषयहरू मुख्य चुनावी मुद्दाका रूपमा अघि आएका छन्।

विपक्षी दल ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ ले विवाहित दम्पतीलाई दोहोरो थर राख्न दिने व्यवस्थाको समर्थन गरे तापनि हाल उनीहरूले सत्ताधारी दलमाथि लागेको भ्रष्टाचार र राजनीतिक कोष दुरुपयोगसम्बन्धी काण्डलाई मुख्य चुनावी एजेन्डा बनाएका छन्।

जापानको हालको कानुनअनुसार विवाहपछि दम्पतीले एउटै थर अपनाउनुपर्ने व्यवस्था छ, जसमा व्यवहारिक रूपमा प्रायः महिलाले आफ्नै थर त्याग्नुपर्ने अवस्था आउँछ। यही कारण महिलाहरूले लामो समयदेखि यो व्यवस्थाको विरोध गर्दै कानुनी सुधारको माग गर्दै आएका छन्।