काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूका परिवारलाई मानवीय सहायता स्वरूप जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। साथै, दुर्घटनामा परी घाइते भएका व्यक्तिहरूको सरकारी अस्पतालमा भर्ना भएको अवधिभरको औषधि तथा उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय पनि गरिएको छ।
बैतडीको पुर्चौडीबाट जन्ती बोकेर बझाङतर्फ जाँदै गरेको बस बिहीबार राति पुर्चौडी नगरपालिका–७ बडगाउँमा दुर्घटना हुँदा १३ जनाको ज्यान गएको थियो।
दुर्घटनामा ३४ जना घाइते भएका छन्। तीमध्ये २५ जनाको डडेल्धुरा अस्पताल, पाँच जनाको धनगढीस्थित निसर्ग अस्पताल र चार जनाको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
प्रदेश सरकारले गम्भीर घाइतेको थप उपचारका लागि आवश्यक परे काठमाडौंसम्म लैजान हेलिकोप्टरको व्यवस्था गरिने जनाएको छ।







प्रतिक्रिया