नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम पनि बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक बिहीबार दोहोरो अंकले बढेको छ । यस साता बुधबारसम्म करिब ३२ अंक घटेको नेप्से बिहीबार २७.१९ अंकले उक्लिँदै २७०८.७० बिन्दुमा पुगेको हो । सेन्सिटिभ इन्डेक्स पनि ४.४७ अंकले बढेको छ ।

बिहीबार कारोबार सुरु भएदेखि नै नेप्से निरन्तर बढ्दै बन्दसम्म कायम रह्यो । सूचकमात्रै होइन, कारोबार रकममा पनि उल्लेख्य सुधार देखियो ।

आजको कारोबारमा कालिञ्चोक दर्शन, सुपर मादी हाइड्रो र मोदी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कुल २०१ कम्पनीको सेयर मूल्य बढ्दा ५५ कम्पनीको घट्यो भने ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

समूहगत सूचकतर्फ बैंकिङ, विकास बैंक, वित्त, होटल, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, निर्जीवन बीमा र अन्य समूह बढेका छन् । व्यापार समूह भने १८.५१ अंकले घटेको छ ।

कारोबार रकमतर्फ ३२६ कम्पनीका १ लाख ८ हजार ८ सय १७ कारोबारबाट ११ अर्ब ५८ करोड रुपैयाँ बराबरको ३ करोड ५५ लाख ७४ हजार ६ सय २७ कित्ता सेयर खरिद–बिक्री भएको छ । बुधबारको तुलनामा कारोबार रकम उल्लेख्य रूपमा बढेको हो ।