रौतहटमा गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णुप्रसाद बस्यालका अनुसार मृत्यु हुने बालिकाको नाम अल्फा खातुन हो ।
घटना बिहीबार दिउँसो करिब २ः३० बजे इशनाथ नगरपालिका–३ मठिया टोलमा भएको हो । रास्वपाको स्टिकर टाँसिएको बा १५ च ४२४४ नम्बरको कारले बालिकालाई ठक्कर दिएको थियो ।
ठक्करपछि सोही कारमा राखेर बालिकालाई गौरस्थित सिटी अस्पताल लगिएको थियो । त्यहाँबाट प्रादेशिक अस्पताल रिफर गरिएकोमा पौने ३ बजे प्रादेशिक अस्पतालमै उपचारका क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालिकालाई अस्पताल पुर्याएपछि चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न कार भने प्रहरीले नियन्त्रणमा लिएको छ ।







प्रतिक्रिया