कांग्रेस सभापति गगन थापाद्वारा मुख्य सचिव कृष्णप्रसाद पौडेलको राजीनामा स्वीकृत, दुलाल कार्यवाहक मुख्य सचिव नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको राजीनामा स्वीकृत गरेका छन्।

सभापति थापाले बुधबार पौडेलको राजीनामा स्वीकृत गर्दै सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी दिएका हुन्।

विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन भएपछि पौडेलले गत माघ ८ गते पदबाट राजीनामा दिएका थिए। उनी २०७३ वैशाख ७ गतेदेखि कांग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिवको जिम्मेवारीमा थिए।

कांग्रेसका सचिव प्रकाश शर्माका अनुसार विधानको धारा २५ (१०), कांग्रेसको नियमावली २०७६ को नियम ४६ (ग) तथा कर्मचारी विनियमावली २०७९ को नियम १४ (क) बमोजिम दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी दिइएको हो।