सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार साढे १२ अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से मंगलबार १२.५८ अंकले घट्दै २ हजार ६ सय ८३.१५ बिन्दुमा ओर्लिएको हो ।
सोमबारको तुलनामा नेप्से ०.४६ प्रतिशतले घटेको हो । मंगलबार कारोबारमा आएका कम्पनीहरूमध्ये ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९० कम्पनीको घटेको छ । बाँकी ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
यस दिन कुल ९२ हजार ३ सय ३८ पटकको कारोबारमा १ करोड ८७ लाख ३ हजार १ सय ८३ कित्ता सेयर किनबेच भएका छन् । ती कारोबारबाट ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ । सोमबार नेप्सेमा ८ अर्ब २२ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र सामूहिक लगानी कोष उपसमूहको परिसूचक बढेको छ । बाँकी सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले ओरालो लागेको हो ।







प्रतिक्रिया