जेनजी आन्दोलनका ४५ शहीदको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न गृह मन्त्रालयको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न गृह मन्त्रालयले पत्राचार गरेको छ। मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई सर्कुलर जारी गर्दै आन्दोलनमा मारिएका व्यक्तिहरुको नामावली प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा तीन दिनभित्र राख्न निर्देशन दिएको हो।

सूचनामा ती व्यक्तिहरुलाई जेनजी सुशासन योद्धा भन्दै सम्मान गर्नुपर्ने उल्लेख गरिएको छ। उक्त पत्र गृहमन्त्रीस्तरीय निर्णय अनुसार आइतबार जारी भएको थियो। पत्रमाथि मन्त्रालयका शाखा अधिकृत पदमबहादुर खत्रीले हस्ताक्षर गरी सबै जिल्ला प्रशासन कार्यालयहरुलाई सम्बोधन गर्दै तीन दिनभित्र नामावली राख्न निर्देशन दिएका छन्।