काठमाडौं — नेपाल राष्ट्र बैंकले दुई मनिचेञ्जरको इजाजतपत्र रद्द गरेको छ। एक सूचना जारी गर्दै बैंकले तोकिएको समयमा इजाजतपत्र नवीकरण नगरेको कारण ती मनिचेञ्जरहरूको इजाजतपत्र रद्द गरिएको जनाएको हो।
रद्द भएका मनिचेञ्जरहरूमा काठमाडौं महानगरपालिका–२६ मा अवस्थित युनियन करेन्सी एक्सचेन्ज प्रालि र ठमेलमा अवस्थित केटीएम ओम मनि एक्सचेन्ज प्रालि रहेका छन्। राष्ट्र बैंकका अनुसार, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण नियमावली, २०७९ (चौथो संशोधन सहित) को विनियम १९ को उप–विनियम (३) बमोजिम म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण नगरेका कारण इजाजतपत्र रद्द गर्ने निर्णय गरिएको हो।










प्रतिक्रिया