काठमाडौं — जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम करिब रू. २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार ९९ वटा बीमा दाबीहरूबाट यो रकम दाबी भएको हो।
दाबी परेका रकममध्ये बुधबारसम्म अग्रिम भुक्तानीसहित करिब रू. १ अर्ब २९ करोड १९ लाख बीमा रकम भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ। क्षतिको मूल्याङ्कनका लागि निर्जीवन बीमा कम्पनीहरूले बुधबारसम्म २ हजार ७०६ सर्भेयर खटाएका छन्। तीमध्ये ३७४ सर्भे प्रतिवेदन हालसम्म बीमा कम्पनीहरूमा पेश भइसकेका छन्। बीमा प्राधिकरणका अनुसार बाँकी दाबीहरूका सर्भे प्रतिवेदनहरू तयारी अवस्थामा छन् र क्रमशः भुक्तानी प्रक्रिया अघि बढाइँदैछ।








प्रतिक्रिया