बच्चा कुट्नु अभिभावकत्व होइन: सच्चा मायाको अर्थ बुझ्न जरुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आफ्नै घरमा, आफ्नै आमाबुबाबाट बच्चाहरू कुटिन्छन्, गाली गरिन्छन्, डराइन्छन्। तर, यसो गर्नु अभिभावकत्व होइन। यो असल बच्चापालनको कमजोरी होइन, बरु आमाबुबाको अपरिपक्खता र अज्ञानताको प्रमाण हो।

बच्चालाई स्वच्छन्द ढंगले रमाउन दिनु, र त्यसअनुसार उनको क्षमता विकास गर्न वातावरण बनाउनु नै सच्चा अभिभावकत्व हो। शारीरिक सजाय भनेको आमाबुबाको असफलताको संकेत हो।

कसरी बच्चा प्रभावित हुन्छन्?

विश्व स्वास्थ्य संगठनका अनुसार, २–१४ वर्षका करिब ६०% बच्चाले नियमित रूपमा आमाबुबा वा हेरचाह गर्नेबाट शारीरिक दण्ड भोग्छन्। यस्तो व्यवहारले बच्चाको जिज्ञासा, प्रश्न सोध्ने क्षमता, र सामाजिक विकासमा नकारात्मक असर पार्छ।

७ वर्षको उमेरसम्म बच्चाको व्यक्तित्वको आधार तयार हुन्छ। यदि यो अवधिमा कुटपिट वा डर दिइन्छ भने, त्यसको प्रभाव जीवनभर रहन्छ। बच्चाहरू या त डरपोक बन्छन् या हिंसक।

सही तरिकाले हुर्काउने उपाय

  1. स्वतन्त्रता र खेलकुद
    बच्चालाई रमाउन दिनुहोस्। रुने, कराउने, खेल्ने सबै स्वाभाविक व्यवहार हुन्। यसमा बलजफ्ती गर्नु हुँदैन।
  2. माया र समय बिताउनु
    खानपान मात्र पर्याप्त छैन। स्पर्श, माया र अर्थपूर्ण समय बिताउनु जरूरी छ। बच्चासँग हाँस्दै, खेल्दै, सिकाउँदै समय बिताउनुहोस्।
  3. सकारात्मक उदाहरण
    उपदेशभन्दा उदाहरण प्रभावकारी हुन्छ। बच्चाले सही र गलत कुरामा फरक बुझ्नुपर्छ। गलत गरेकोमा डराएर कुट्नु होइन, त्यसको परिणाम बुझाउनुपर्छ।
  4. शारीरिक र मानसिक विकास
    उमेर अनुसार खानपान, खेलकुद, माया र सिकाइमा सन्तुलन राख्नुपर्छ। बच्चाको क्षमता अनुसार चुनौती दिनुहोस् र सहयोग गर्नुहोस्।

सच्चा अभिभावकत्व भनेको डर वा हिंसामा होइन, समझदारी, माया र सहकार्यमा आधारित हुन्छ। बच्चालाई सम्मान र आत्मविश्वासका साथ हुर्काउन सकिएमा, उनीहरू स्वस्थ, जागरुक र जिम्मेवार नागरिक बन्छन्।