“निर्वाचनको विकल्प छैन, सुरक्षा वातावरण बनाउन सरकार लाग्नुपर्छ: उपेन्द्र यादव”

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा निर्वाचनको कुनै विकल्प नभएको बताएका छन्। भैरहवामा आयोजित पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले निर्वाचनका लागि आवश्यक वातावरण तयारीमा गम्भीर हुनुपर्नेमा जोड दिए।

अध्यक्ष यादवका अनुसार हाल देशभर सुरक्षाको अवस्था कमजोर हुँदै गएको जनचासो बढेको छ। उनले प्रहरी प्रशासन नै भयभीत रहेको अवस्थामा निर्वाचन निष्पक्ष र व्यवस्थित हुन कठिन हुने भन्दै तत्काल प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु सरकारको प्रमुख दायित्व रहेको उल्लेख गरे।

यादवले लोकतन्त्रमा जनताका प्रतिनिधिहरू सरकारमा सहभागी हुनुपर्ने हुँदा जनसंख्याका आधारमा प्रतिनिधित्वको व्यवस्था अनिवार्य रहने बताए। उनले पैसाकै प्रभावमा चल्ने चुनाव प्रक्रियालाई नियन्त्रण गर्न निर्वाचन प्रणाली सुधार गर्नुपर्ने र प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउँदै संघीयता प्रभावकारी कार्यान्वयनको आवश्यकता औंल्याए।

यसै अवसरमा पार्टीका महासचिव रामकुमार शर्माले उत्पीडित समुदायले प्राप्त गरेका अधिकार सुरक्षित राख्नुपर्ने र संविधान संशोधनमार्फत राष्ट्रलाई स्थिरता तथा विकासतर्फ लैजानुपर्ने धारणा राखे।