राष्ट्रपतिद्वारा मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्।

मन्त्रिपरिषद्को कात्तिक २४ गतेको निर्णय र सिफारिसका आधारमा, राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) अनुसार भण्डारीलाई आजैदेखि लागू हुने गरी पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भण्डारीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो। उनीमाथि मधेश प्रदेशमा होटलमा गएर मुख्यमन्त्री सरोजकुमार यादवलाई शपथ खुवाएको विवाद पछि पदमुक्त गर्ने निर्णय गरिएको हो।