चीनमा फेला परेको दश लाख वर्ष पुरानो खप्परले मानव उत्पत्तिको इतिहास पुनर्लेखन गर्ने संकेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीनमा फेला परेको करिब दश लाख वर्ष पुरानो मानव खप्परको अध्ययनले आधुनिक मानव प्रजाति होमो सेपिअन्स हाम्रो सोचेको भन्दा कम्तीमा पाँच लाख वर्ष पहिले नै अस्तित्वमा आएको संकेत दिएको छ। नयाँ अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले यस खोजले मानव विकासक्रमबारेको परम्परागत बुझाइलाई चुनौती दिएको बताएका छन्।

अनुसन्धानकर्ताहरूका अनुसार यो खप्परको विश्लेषणले होमो सेपिअन्स नीयान्डर्टालसहितका अन्य भगिनी प्रजातिहरूसँग लामो समयसम्म सहअस्तित्वमा रहेको देखाउँछ। यसले मानवको उत्पत्तिबारेको वैज्ञानिक दृष्टिकोणमा “पूरै परिवर्तन” ल्याउन सक्ने दाबी गरिएको छ।

यदि यो निष्कर्ष प्रमाणित भयो भने मानव इतिहासको प्रारम्भिक अध्याय पुनर्लेखन हुन सक्ने विज्ञहरूको भनाइ छ। तर यस विषयमा वैज्ञानिक समुदायभित्र अझै मतभेद कायम रहेको र थप प्रमाणका आधारमा निष्कर्ष निकाल्नुपर्ने आवश्यकता रहेको अन्य विशेषज्ञहरूले बताएका छन्।