नेपाल राष्ट्र बैंकले बुधबार थप २० अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ङ जारी गर्ने भएको छ । केन्द्रीय बैंकले यसअघि २२ पुसमा २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो ।
यससँगै राष्ट्र बैंकले हालसम्म पाँच पटक गरी कुल १ खर्ब २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरिसकेको छ । ऋणपत्रमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागी हुन पाउनेछन् ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म, ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन् ।
तर, ऋणपत्र निष्कासन मितिमा सम्बन्धित संस्थाको खातामा पर्याप्त मौज्दात नभए स्वीकृत बोल रकम रद्द गरिनेछ । साथै, त्यस्ता काउण्टरपार्टीलाई २.५० प्रतिशत हर्जनासहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन नपाउने राष्ट्र बैंकले जनाएको छ ।









प्रतिक्रिया