मंगलबार सुन तोलामा ३ हजार १ सय रुपैयाँले महँगियो, चाँदीको मूल्य पनि बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसअघि पुस १३ गते सुनको मूल्य हालसम्मकै उच्च २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो। त्यसपछि घट्न थालेको सुन अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै फेरि उकालो लागेको हो। अन्तर्राष्ट्रिय बजारको प्रभाव नेपाली बजारमा पनि स्पष्ट देखिएको महासंघले जनाएको छ।

यसअघि अघिल्लो दिन मात्रै नेपाली बजारमा सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले बढेको थियो।

चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी प्रतितोला १९५ रुपैयाँले बढेर ४ हजार ८८० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो।