हवाई इन्धन घटेपछि फ्युल सर्चार्जमा समायोजन, काठमाडौं–धनगढी भाडा २६५ रुपैयाँ घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं — हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लागू हुने ‘फ्युल सर्चार्ज’ समायोजन गरेको छ। नेपाल आयल नियमअनुसार हवाई इन्धनको मूल्य प्रति लिटर ६ रुपैयाँ घटेपछि भाडा पनि कम भएको हो।

समायोजनअनुसार काठमाडौंबाट सबैभन्दा टाढाको धनगढी गन्तव्यका लागि फ्युल सर्चार्ज २६५ रुपैयाँ घटेको छ। माउन्टेन फ्लाइटको लागि २१०, भद्रपुर १८०, विराटनगर १४०, जनकपुर ७५, पोखरा ९५, भरतपुर ६५, भैरहवा १२५, नेपालगञ्ज १९५, तुम्लिङटार ११०, सिमरा ५५, सुर्खेत २१० र राजविराज १२५ रुपैयाँ घटेको छ।

फ्युल सर्चार्ज हवाई भाडाको एक शीर्षक हो, जसमा विभिन्न करसहित वायुसेवा कम्पनीले लिने सम्पूर्ण भाडा जोडिएपछि पूर्ण भाडादर निर्धारण हुन्छ।

यस समायोजनले यात्रुहरूका लागि हवाई यात्रा थप सहज र किफायती हुने अपेक्षा गरिएको छ।