नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेर २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलाको २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। महासङ्घका अनुसार चाँदी तोलामा ५५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार चाँदी तोलाको ४ हजार ४७० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण पछिल्ला दिनमा नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ भइरहेको महासङ्घले जनाएको छ।