कोशी प्रदेशसभा सचिवालय कटहरीमा सारियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी। जेनजी आन्दोलनका कारण भदौ २४ गते ध्वस्त भएको कोशी प्रदेश सभा भवनको कार्यलय अब मोरङको कटहरीस्थित फलफूल तथा कृषि थोक बजार भवनमा सरेको छ। प्रारम्भमा आन्दोलनपछि विराटनगरको वीरेन्द्र सभागृह सचिवालयका लागि प्रयोग गर्ने तयारी गरिएको थियो। तर, अवलोकन गर्दा सभागृह सचिवालय सञ्चालनका लागि योग्य नठहरेपछि अन्तिम निर्णय अनुसार कटहरीमा सराउने निर्णय गरिएको हो।

कटहरी गाउँपालिका–१ जमटोकीमा अवस्थित तरकारी बजारको लागि १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रुपैयाँमा संरचना निर्माण गरिएको थियो। अहिले उक्त भवनमा प्रदेशसभा बैठक र सचिवालय दुवै सञ्चालन हुने सचिवालयले जानकारी दिएको छ।